Like us!
Follow us!
Connect us!
Watch us!

आज नेप्से र कारोबार दुवैमा सामान्य सुधार

मंगलबार, ०६ भदौ २०७४, १५ : ३१ मा प्रकाशित

आज नेप्से र कारोबार दुवैमा सामान्य सुधार

अर्थ संसार, काठमाडौं–  धितोपत्र बजारमा आज नेप्से र कारोबार दुवैमा सामान्य सुधार भएको छ । २.४८ अंकले बढेको बजारमा ७२ करोड ३१ लाख ६६ हजार ६ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ६१ वटा कम्पनीको १७ लाख ८९ हजार १ सय ४ कित्ता सेयर खरिदविक्री भएको छ । नेप्सेमा उपसूचकमा मिश्रित रंकले पोतिएको छ  ।

आज बैंक १.०२ अंक, होटल २.८२ अंक, विकास बैंक २.८ अंक, हाइड्रोपावर २.८ अंक, इन्स्योरेन्स ८.१५ अंक र अन्य ७.५२ अंकले बढेको छ । यता फाइनान्स ०.९६ अंक र उत्पादन ११.६४ अंकले घटेको छ ।

१६११.९६ अंकबाट सुरु भएको नेप्से इन्डेक्स करिव २ बजेतिर १६२२ अंकमा पुगेको थियो । तर विस्तारै घट्दै गएको नेप्से इन्डेक्स १६१४ मा आई रोकिएको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

यो पनि पढ्नुहोस्

हाइड्रोपावरमा लगानी गर्ने अवसर ! सिद्धकाली पावर कम्पनीले निर्माण गरिरहेको ‘७५ मेगावाटको त्रिशुली गल्छी’ आयोजनामा संस्थापक सेयर खुल्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको