Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा हरेक दिन नयाँ रेकर्ड, नेपालका लगानीकर्ताहरू पर्ख र हेर' काे अवस्थामा

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, २३ : ०० मा प्रकाशित

आज (मंसिर १४ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. कालिन्चोक दर्शनको आईपीओ आजदेखि खुलेकाे छ । कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि १ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ लाख ८ हजार कित्ता आईपीओ खुलाएकाे हाे । आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्मका लागि र वैदेशिक राेजगारीमा गएका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा मंसिर २८ गतेदेखि ढिलाेमा पुस १४ गतेसम्म आईपीओ भर्न सक्नेछन् ।

२.  सेयर बजारमा उतारचढाव आउँदा लगानीकर्ताहरू 'पर्ख र हेर' काे अवस्थामा देखिएका छन् ।  आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ विन्दुमा पुगेकाे छ । नेप्से ० दशमलव १८ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ० दशमलव ८५ अंकले घटेर ३ सय ८१ दशमलव ८४ विन्दुमा झरेको छ । कूल २३८ वटा कम्पनीकाे २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

३. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि पहिलाे चरणकाे आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ५०  हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

४. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंसिर ६ गतेबाट ७ दशमलव ६३ प्रतिशत लाभांश जम्मा गर्न सुरु गरेको हाे । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

५. भारतीय सेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाइरहेकाे छ । लगातार पाचाैँ दिनमा आज पुनः भारतीय सेयर बजार परिसूचक सेन्सेक्स ६२ हजार ८ सय ८९ विन्दुमा पुगी अल टाइम हाइ रेकर्ड बनाउन सफल भएकाे छ  । 

६.  राधी विद्युत कम्पनी लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू आज खाेलिएकाे छ । उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा १ सय ९५ रूपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । अधिकतम बिड २ सय ९ रूपैयाँसम्मकाे थियाे ।

७. माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि मंसिर २३ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि र वैदेशिक राेजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा पुस ८ गतेदेखि ढिलाेमा पुस २३ गतेसम्म आईपीओ भर्न सक्नेछन् ।

८. नेपाल राष्ट्र बैंकले एक अर्ब ५३ कराेड १५ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे हाे । बैंक तथा वित्तीय संस्थाले मंसिर १८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

९. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब भाेलि (बिहीबार) बाट दाेश्राे बजारमा संस्थाकाे काराेबार खुल्नेछ । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

१०. हर्षल बहुउद्देेश्यीय सहकारी संस्था लिमिटेडले आजबाट औपचारीक रूपमा काराेबार सुरू गरेकाे छ । सहकारी ऐन २०४८ को दफा ५ अन्तर्गत स्थापना गरिएको यस सहकारी संस्थाको प्रधान कार्यालय सुविधानगर, तीनकुने, काठमाडौँमा अवस्थित छ । नेपालमा कृषिको आधुनिकीकरण तथा देशको वित्तिय विकासमा टेवा पुर्याउने उद्देश्य लिई यो संस्थाको स्थापना यही भदौ ५ गते गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको