Like us!
Follow us!
Connect us!
Watch us!

वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने, राष्ट्र बैंकले जारी गरेको व्यवस्थामा के-के ?

अर्थ संसार

शुक्रबार, ०८ साउन २०८३, १६ : ४४ मा प्रकाशित

वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र चाहिने, राष्ट्र बैंकले जारी गरेको व्यवस्थामा  के-के  ?

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब नेपाली नागरिकले वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण रुजु गर्नुपर्नेछ। वालेट कम्पनीहरूले २०८३ असोज मसान्तभित्र आफ्ना ग्राहकहरूबाट राष्ट्रिय परिचयपत्र भए/नभएको स्वःघोषणा लिनुका साथै परिचयपत्र भइसकेकाहरूको नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ।

परिचयपत्र नलिएका नागरिकहरूलाई भने परिचयपत्र बनाएर विवरण अपडेट गर्न हरेक महिना एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ।यद्यपि, केही विशेष परिस्थितिमा भने राष्ट्रिय परिचयपत्रविना पनि वालेट खोल्न सकिने छुट दिइएको छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले राष्ट्रिय परिचयपत्रबाहेक अन्य आवश्यक कागजात प्रयोग गरेर अनलाइनबाटै वालेट खोल्न सक्नेछन्; तर नेपाल फर्किएको ३५ दिनभित्र उनीहरूले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गराउनुपर्नेछ।

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असहाय तथा अशक्त नागरिकहरूका लागि पनि राष्ट्रिय परिचयपत्रविना नै अन्य वैकल्पिक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको