सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरिरहेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। सरकारले ट्राफिक नियम पालनामा कडाइ गरिरहेका बेला सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद स्वयंले यसरी ज्यान जोखिममा पारेर कानुनको उल्लंघन गरेपछि सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गर्दै उनीमाथि कारबाहीको माग गरेका छन्।
भाइरल भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा भिडियो बनाइरहेको देख्न सकिन्छ। यसैबीच यस विषयलाई लिए र सांसद गुप्ताले माफी मागेका छन् । उक्त भिडियोप्रति प्रतिक्रिया दिँदै गुप्ताले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाहरू ताजा भएको र त्यसैको उत्साहमा भिडियो बनाउने क्रममा गल्ती भएको बताएका हुन् । सांसद गुप्ताले आफूबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दै सबैसँग माफी पनि मागेका छन् ।
उनले भनेका छन् ,‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु । मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस