Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन देश विध्वंश पार्ने गरी वैरीहरू लाग्छन् भन्ने आँकलन नै गर्न सकिएन' : प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०८ साउन २०८३, १६ : २६ मा प्रकाशित

एकै दिन देश विध्वंश पार्ने गरी वैरीहरू लाग्छन् भन्ने आँकलन नै गर्न सकिएन' : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारको फेर समात्नमै अल्झिँदा विरोधीहरूले २० वर्षे रणनीति बनाउन लागेको टिप्पणी गरेका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले कम्युनिस्टहरूले परम्परागत ढर्रामै चित्त बुझाएको र सही वैचारिक स्कुलिङमा ध्यान नदिएकै कारण अहिलेको राजनीतिक क्षति बेहोर्नुपरेको बताए।

विरोधी तत्वहरू सक्रिय रहेको सामान्य जानकारी भए पनि यति ठूलो स्तरमा एकै दिन नेपाललाई विध्वंश पार्ने गरी योजनाबद्ध रूपमा लाग्छन् भन्ने आँकलन गर्न नसकिएको उनले स्वीकार गरे।

प्रचण्डले भने ,‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् । नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् । यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ ।'

शासकीय एवं राजनीतिक यात्राबारे समीक्षा गर्दै प्रचण्डले शान्ति सम्झौतापछि काठमाडौँ छिरेका नेपाली कम्युनिस्ट शक्तिहरू सत्ता र सरकारका कार्यनैतिक खेलमै अल्झिएकाले कम्युनिस्ट विरोधी शक्तिहरूले खेल्ने भरपूर मौका पाएको दाबी गरे।

उनले भने ,‘हामी रणनीतिलाई भुल्यौं, छाड्यौं या अवमूल्यन गर्‍यौं, विचारको, निरन्तर स्कुलिङको आवश्यकतालाई । सरकारको प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका, प्रदेशमा निर्वाचित हुने यो कुरालाई रणनीति जस्तो गरियो । यही नै सबैचिज हो भनेजस्तो गरियो । मेरो विचारमा कम्युनिस्टको गल्ती त्यहीनेर भयो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको