Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावरको आइपिओ आउँदै

बुधबार, ०७ भदौ २०७४, १३ : ५० मा प्रकाशित

युनिभर्सल पावरको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौँ– युनिभर्सल पावर कम्पनीले सर्वसाधारणलाई २५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्राथमिक सेयर निष्कासन प्रस्ताव पारित गर्न यही भदौ २९ गते साधारणसभा बोलाएको छ ।
सेयर निष्कासन प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयर निश्कासनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ ।

त्यस्तै कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको रु ९५ करोड साधारण सेयरमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन रु २ अर्ब ४ करोड लाग्ने अनुमान गरिएको छ ।कम्पनीको ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको