Like us!
Follow us!
Connect us!
Watch us!

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

बुधबार, ०७ भदौ २०७४, १६ : १७ मा प्रकाशित

बाढीबाट दुई करोड चौहत्तर लाखका पशुपक्षी क्षति

अर्थ संसार, चितवन– गत महिना आएको बाढीका कारण जिल्लामा रु दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ रु एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा रु ८८ लाख ४४ हजार, स्थानीय कुखुरा रु तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए ।

यस्तै बाढीबाट रु आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, रु सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो ।

बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएको छ । भरतपुर महानगरपालिकामा रु एक करोड २६ लाख ४६ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।

रत्ननगर नगरपालिकामा रु ९२ लाख १४ हजार, माडी नगरपालिकामा रु तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा रु ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा रु २१ लाख १५ हजार बराबरको पशुपक्षी क्षति भएको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको