Like us!
Follow us!
Connect us!
Watch us!

राजधानी बाहिर शेयर कारोबार गर्ने बढे

शुक्रबार, ०९ भदौ २०७४, १५ : १५ मा प्रकाशित

राजधानी बाहिर शेयर कारोबार गर्ने बढे

अर्थ संसार, बनेपा–शेयर बजारको दायरा फराकिलो हुँदै जाँदा यहाँ पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ ।

बनेपामा भिजन सेक्युरिटिज प्रालि ९३४०, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि ९४४० नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट शेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताउनुभयो ।

सो शाखामा एक साताको अवधिमा रु १० करोड ११ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा रु छ करोड तीन लाख ४० हजार भएको थियो ।

त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा रु ९१ लाख ११ हजारको कारोबार गरेको छ । गत साता सो कार्यालयले रु ८५ लाख ६० हजारको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिनुभयो ।

“नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उहाँले भन्नुभयो । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा शेयर कारोबार गर्दै आएको छ । यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि शेयर कारोबार गर्दै आएको छ ।

बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ ।

यो पनि पढ्नुहोस्

अब बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने 

मुस्ताङकै सबैभन्दा ठूलो विद्युत् आयोजना निर्माण सम्पन्न, २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्दै

उद्योग वणिज्य महासंघका झगडिया एकै कम्पनीमा, यस्ता छन् नयाँ बिमा कम्पनीका सञ्चालक

नेपाल वायुसेवा निगमले माग्यो ३० जना कर्मचारी (विज्ञापनसहित)

नेपाल खाद्य संस्थानमा महाप्रबन्धक आवश्यकता (विज्ञापनसहति) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको