Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : तीन अर्ब बढीको कारोबार, प्राइम लाइफ इन्स्योरेन्स र सद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा

शनिबार, १० भदौ २०७४, १८ : ३८ मा प्रकाशित

साताको सेयर बजार : तीन अर्ब बढीको कारोबार, प्राइम लाइफ इन्स्योरेन्स र सद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा

अर्थ संसार, काठमाडौँ–  धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५  बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ८.४५ प्रतिशत बढी हो । गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.१६ अंकले घटेर अन्तिम दिन एक हजार ६१७.८१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.०४ अंकले घटेर ३३९.९४ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ७५ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा सद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । सो स्किमको ३६ लाख २३ हजार इकाई कारोबार भएको थियो ।                                             

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस        साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

स्कटकाअनुसार नेपाल एसबीआइ बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, विकास ऋणपत्र २०८६ ‘ख’, सिद्धार्थ इन्स्योरेन्सको सेयर सूचीकृत भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको