Like us!
Follow us!
Connect us!
Watch us!

नबिलले दिने भयो ४८ प्रतिशत लाभाशं

आइतबार, ११ भदौ २०७४, ११ : १२ मा प्रकाशित

नबिलले दिने भयो ४८ प्रतिशत लाभाशं

अर्थ संसार, काठमाडौं– नबिल बैंकले आव २०७३/७४ कोे कमाईबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकले यस अघि गरेको घोषणा अनुसार ३० प्रतिशत बोनस प्रस्ताव गरेको हो । बैंकले कर प्रयोजनका लागि नगद लाभांस पनि प्रस्ताव गरेको छ ।

थोरै रकमले कर तिर्न पुग्ने भए पनि बैंकले १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।बैंकले बोनस र नगद गरी जम्मा ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

गत आर्थिक वर्षमा रु तीन अर्ब ६२ करोड आठ लाख खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी रु छ अर्ब १८ करोड ५५ लाख सात हजार रहेको छ , प्रस्तावित बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी रु आठ अर्ब चार करोड ११ लाख ५९ हजार पुग्नेछ ।

59a25ab8ca388.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको