Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से र कारोबार दुवैमा सुधार

आइतबार, ११ भदौ २०७४, १५ : २९ मा प्रकाशित

आजको सेयर बजार : नेप्से र कारोबार दुवैमा सुधार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा सुधार आएको छ ।

४.५१ अंकले बढेको सेयर बजारमा ८१ करोड ५१ लाख ६४ हजार ८ सय ३६ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ६५ वटा कम्पनीको २७ लाख २६ हजार ८२ सेयर कित्ता खरिद विक्री भएको छ ।

सामान्य अंकले बढेको बजारमा बैंक ७.१४ अंक, होटल ६.२७ अंक, विकास बैंक १२.१२ अंक, हाइड्रोपावर ११.४५ अंक र उत्पादन ३२.१६ अंकले बढेको छ ।

यता फाइनान्स १.३ अंक, इन्स्योरेन्स ३४.१९ अंक र अन्य ६.३६ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा सिर्जना फाइनान्स वित्तिय संस्था, हिमालयन पावार पार्टनर कम्पनी लिमिटे र स्वरोजगार लद्यु वित्तिय संस्थामा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् ।

यता नबिल व्यालेन्स फण्ड–१, जेनेरल फाइनान्स लिमिटेडमा लगानी गर्ने लगानीकर्ताले आफ्ना आम्दानी १० प्रतिशतले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको