Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने हो ? बुटवल पावरको एफपीओ आउँदै

सोमबार, १२ भदौ २०७४, १२ : ०८ मा प्रकाशित

लगानी गर्ने हो ?  बुटवल पावरको एफपीओ आउँदै

अर्थ संसार, काठमाडौँ– दुई महत्वपूर्ण जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्यका साथ  बुटबल पावर कम्पनीले कात्तिकसम्म थप निश्कासन (एफपीओ) ल्याउने भएको छ ।

धितोपत्र बोर्डबाट यो महिनाभित्र एफपीओ निश्कासनका लागि बीपीसीले स्वीकृति पाउँदै छ । बोर्डबाट स्वीकृत पाएपछि निश्कासनको प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ ।

उनका अनुसार बीपीसीले प्रतिकित्ता रु ५१८ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल रु २ अर्ब ११ करोड ३९ लाख ५८ हजारसंकलन हुने छ ।

 एफपीओ सबै बिक्रि नभए अण्डर राइटरले खरिद गर्नुपर्ने प्रावधान भएकाले यस विषयमा टुङगो लाग्न बाँकी रहेको छ ।
 कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
गत आर्थिक वर्ष ०७३\०७४ मा बीपीसीले रु ६५ करोड खुद नाफा गरेको छ । बीपीसीले गत चैतको पहिलो साता एफपीओ निश्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको छ ।

 धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको