Like us!
Follow us!
Connect us!
Watch us!

तुल्सीपुरमा “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १२ : २१ मा प्रकाशित

तुल्सीपुरमा “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । यही पौष १२ गते इन्दु आचार्यको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले मुलुकको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए । समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले सञ्चालन गरेका कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । कम्पनीका बजार प्रबन्धक यम लाल न्यौपानेले स्वागत मन्तव्य दिँदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरे । 

सभापतिको आसनबाट श्रीमती इन्दु आचार्यले बैंक बीमा कम्पनीमध्ये महालक्ष्मी लाईफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको