नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ निर्जीवन बीमा कम्पनी मध्य १० निर्जीबन बीमा कम्पनीले अर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई साधारण सेयर वितरण गरेका छन्। लाभांस वितरणमा कम्पनी हरुको रोजाइम नगद लाभांसमा भन्दा बनोस सेयर वितरणमा रहेको छ।
नियामक निकाय विमा प्राधिकरणले विमा कम्पनीलाई थप प्रभावकारी बनाउन पूँजी वृद्धिका लागि जोड दिएको थियो। प्राधिकरणले कर प्रयोजनका लागि मात्र नगद लाभांस वितरण गर्ने सकिने व्यवस्था अनुसार कम्पनीहरूले बनोस सेयर वितरणमा जोड दिएका हुन्। बीमा प्राधिकरणले निर्जीबन बीमा कम्पनीहरुलाई २०७९ चैत सम्म पूँजी वृद्धि गरेर २.५ अर्ब रुपैयाँ सम्म पुर्याउने निर्देशन दिएको थियो, कम्पनीहरुलाई उक्त चुक्ता पूँजी पुर्याउन ३ महिना अवधि बाकी रहेको छ। कम्पनीको पूँजी वृद्धिका लागि मर्जर तथा प्राप्ति जान सक्ने, बनोस सेयर वितरण गर्न सक्ने तर हकप्रद जारी गर्न नदिने प्राधिकरणले जनाएको छ।
लाभांस वितरणको प्रस्ताव गरेका निर्जीबन बीमा कम्पनीहरु मध्य १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांस गरी कुल १६.८४ प्रतिशत लाभांस प्रस्ताव गरेको शिखर इन्स्योरेन्स सबैभन्दा बढी र कम दिनेमा युनाइटेड इन्स्योरेन्स जसले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस गरी कुल ५.२६ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो।
शिखर इन्स्योरेन्सलाई पछ्याउँदै दोस्रोमा नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमध्ये १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद रहेको छ ।
तेस्रोमा प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद रहेको छ ।
चौथोमा सगरमाथा इन्स्योरेन्सले १३ १० प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १२.५० प्रतिशत बोनस र ० ६० प्रतिशत नगद रहेको छ ।
पाँचौँमा एनएलजी इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद रहेको छ ।
छैटौंमा सिद्धार्थ इन्स्योरेन्सले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद रहेको छ ।
सातौंमा नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद रहेको छ ।
आठौंमा लुम्बिनी इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरेर ७.३५ प्रतिशत लाभांश दिने भएको छ ।
नवौंमा आईएमई जनरल इन्स्योरेन्सले ६.५० प्रतिशत बोनस र ०.३४ नगदसहित ६.८४ प्रतिशत लाभांश दिने भएको छ ।
दशौमा युनाइटेड इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस