Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

बुधबार, १४ भदौ २०७४, १७ : २९ मा प्रकाशित

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । कुल १५५ कम्पनीको १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयर किनवेच भएको बजार १४.५५ अंकले ओर्लिएको छ ।

योसँगै बजार १५९८.३६ अंकमा आइपुगेको छ भने बुधबार ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको छ । बुधबार उत्पादनमुलक समूह र ‘अन्य’ समूह बाहेक सवै समूहको सूचक रातो भएका छन् ।

बैकिङ समूहको सूचक १६.७७ अंकले झरेको छ भने होटल समूहको सूचक २२.७३, बिकास बैंक समूहको सूचक ३.७६, जलविद्युत समूहको सूचक २१.२९, फाइनान्स समूहको सूचक ७.०८ र बीमा समूहको सूचक १०६.२६ अंकले झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको