Like us!
Follow us!
Connect us!
Watch us!

लगानीका लागि तयार हुनुस्, सान्जेनको आइपिओ आउँदै

बुधबार, १४ भदौ २०७४, १८ : २२ मा प्रकाशित

लगानीका लागि तयार हुनुस्, सान्जेनको आइपिओ आउँदै

अर्थ संसार, काठमाडा– चिलिमे हाइड्रोपावरको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयर (आईपीओ) ले ग्रेड ४ प्लस रेटिङ् पाएको छ ।

सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो ।

शेयर निष्काशनका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र सान्जेनवीच आइतबार शेयर निष्काशन सम्झौता भएको थियो ।

रु ३ अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारणको शेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी शेयर निष्काशन गर्न लागेको हो । जसमा परियोजना निमार्णका लागि ऋण दिने कर्मचारी सञ्चय कोष, कोषका कर्मचारी, तथा स्थानीबासीलाई ३४ प्रतिशत शेयर दिने बाँकी १५ प्रतिशतमा मात्रै आम सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।

पहिलो चरणमा कम्पनीले प्रतिकित्ता रु १०० मा  ८७ लाख ६० हजार कित्ता शेयर निष्काश गर्ने छ । पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत शेयर निष्काशन हुनेछ ।

परियोजना निमार्णका लागि सञ्चय कोषले रु ३ अर्ब ६५ करोड ऋण दिएको छ । सञ्चय कोषलाई साढे १९ प्रतिशत शेयर दिने सम्झौता २०६७ सालमा नै भएको बताइएको छ ।

रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेगावाट माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन निर्माण गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको