Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी र एनसीसी बैंक मर्जरपछिको एकिकृत वित्तीय विवरण, नाफा २ अर्ब १२ करोड नाघ्यो

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १४ : ०२ मा प्रकाशित

कुमारी र एनसीसी बैंक मर्जरपछिको एकिकृत वित्तीय विवरण, नाफा २ अर्ब १२ करोड नाघ्यो

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गरेका छन् । कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे । यी दुई बैंक १:१ को स्वाप रेसियाेमा मर्ज भएका हुन् ।

कुमारी बैंकले साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड गाभिएपछिको एकिकृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले नेप्सेमार्फत् वित्तीय विवरण सार्वजनिक गरेकाे हाे । 

कुमारी बैंक र एनसीसी बैंक गाभिँदा जस अनुसार पुष १६ गतेसम्म बैंकको खुद नाफा २ अर्ब १२ करोड रूपैयाँ रहेको  छ । जसमध्ये, कुमारी बैंकको नाफा १ अर्ब ६० करोड रूपैयाँ र एनसीसी बैंकको नाफा ५१ करोड ८६ लाख रूपैयाँ रहेको छ ।

यस्तै, दुई बैंक एकआपसमा मर्जमा गएपछि बैंककाे खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड ४५ लाख ७९ हजार रूपैयाँ पुगेकाे छ । जसमध्ये, कुमारी बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५१ करोड रूपैयाँ र एनसीसी बैंकको २ अर्ब २८ करोड रूपैयाँ रहेको छ । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रूपैयाँ पुगेको छ । जसमध्ये कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रूपैयाँ र एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रूपैयाँ रहेको छ ।

बैंककाे वित्तीय विवरण तल उल्लेख गरिएकाे छ :

63c65afbde19a.jpg 63c65b03d455e.jpg 63c65b0b87885.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको