कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य सुधारसहित ४५ हजार ८२९ प्रतिशतले नाफा बढाउँदै २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले मात्र ४६ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढाएर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यो आँकडा १० अर्ब ८० करोड रुपैयाँ थियो।
त्यस्तै, कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशतले वृद्धि भएर १५ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा भने ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। साथै, खुद शुल्क तथा कमिसन आम्दानीमा २७.४४ प्रतिशत वृद्धि भई २ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक छ – २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा (५ अर्ब ३६ करोड ऋणात्मक) केही सुधार देखिएको छ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ।
बैंकले गत वर्ष ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४६ प्रतिशतले बढी हो। तर कर्जा लगानी २.७८ प्रतिशतले घटेर २ खर्ब ६० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो कर्जा लगानी २ खर्ब ६८ अर्ब रुपैयाँ थियो।
नाफा वृद्धिसँगै बैंकको प्रति शेयर आम्दानी (EPS) ८.०७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ०.०२ रुपैयाँ मात्र थियो।
मूल्य-आम्दानी अनुपात (P/E Ratio) २७.२३ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १४२.१९ रुपैयाँ पुगेको छ।
तर खराब कर्जा (NPL) भने बढेर ६.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ५.९६ प्रतिशत थियो।
बैंकको कर्जा-निक्षेप अनुपात (CD Ratio) ७५.७३ प्रतिशत रहेको छ भने आधार दर (Base Rate) ६.४४ प्रतिशत कायम रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस