Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंक र भिजन कार्टबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

अर्थ संसार

शनिबार, १५ मंसिर २०८१, १९ : ०१ मा प्रकाशित

कुमारी बैंक र भिजन कार्टबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

कुमारी बैंक लिमिटेडले बुढानिलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रा.लि.सँग आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले भिजन कार्टबाट उपलब्ध विभिन्न सेवाहरूमा आकर्षक छुट पाउनेछन्।

सम्झौताअनुसार, ग्राहकहरूलाई ओपिडी शुल्क र परीक्षणमा ४० प्रतिशतसम्म (अधिकतम रू.४,०००) छुट, निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श तथा कन्ट्याक्ट लेन्समा ५ प्रतिशत छुट उपलब्ध हुनेछ। साथै, पार्टनर रिफेरल केन्द्रमा आँखा सम्बन्धी शल्यक्रियामा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र ज्येष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श प्रदान गरिनेछ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर फैलिएका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्स्टेन्सन काउन्टर, र ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक सेवा उपलब्ध गराउँदै आएको छ। वित्तीय साक्षरता प्रवर्द्धनमा सक्रिय बैंकले भविष्यमा पनि ग्राहकलाई सरल, सुलभ, र उत्कृष्ट सेवा प्रदान गर्न यस्ता सहकार्यहरू थप गर्दै जाने प्रतिबद्धता जनाएको छ।

674b107e82653.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको