Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको बिकासमा आर्थिक अनुशासन अपरिहार्य : पूर्व मन्त्रि ढकाल

आइतबार, १८ भदौ २०७४, १४ : १५ मा प्रकाशित

सहकारीको बिकासमा आर्थिक अनुशासन अपरिहार्य  : पूर्व मन्त्रि ढकाल

अर्थ संसार, काठमाडौं – पूर्व सहकारी तथा गरिबी निवारण मन्त्रि एकनाथ ढकालले सहकारी संचालनमा आर्थिक अनुशासन अपरिहार्य छ भन्दै उत्पादकत्वको बिकासमा जोड दिनु पर्ने बताउनु भयको छ ।

राजधानीमा अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाको उद्घाटन गर्दै पूर्व मन्त्रि ढकालले यस्तो बतायका हुन् । संगै सस्ने, संगै काम गर्ने र संगै सोचाई राख्नु नै सहकारिता भयको भन्दै ढकालले सहकारीको माध्ययम द्वारा स्वावलंबन हुनुपर्नेमा जोड दिनु भयो ।

नेपालमा सहकारीले उत्पादनको विकास र रोजगारीको सृजनामा केन्द्रित हुनु पर्ने बताउदै पहिलो सहकारी मन्त्रि ढकालले गरिबी निवारणमा पनि सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण हुन्छ भन्नु भयो । गैर(उत्पादनशील क्षेत्रमा लगानी नगर्न, मिलिजुली काम गर्न र पारदर्शिता कारोबार गर्न उपस्थित सहकारीकर्मी लाइ उहाले आग्रह गर्नु भयो ।

अत्युतम बहुउद्देश्यीय सहकारी सस्थाकि अध्यक्ष ममता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद लक्ष्मण लाल राजबंशी, सहकारी विभागका अधिकृतहरु लगायत सामाजिक अगुवाहरु गणेश श्रेष्ठ,गोबिन्द मिश्र, लक्ष्मी प्रसाद भण्डारी, अशोक भट्ट लगायतले शुभकामना मन्तब्य दिनु भयको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको