Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको खुद बीमाशुल्क घट्यो

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १४ : ४३ मा प्रकाशित

एलआईसी नेपालको खुद बीमाशुल्क घट्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ अर्ब ६८ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । उक्त तथ्यांक गत आर्थिक वर्षको तुलनामा ९।३८ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । खुद बीमाशुल्क घटेपनि बीमांकिय मुल्यांकन अघिको खुद नाफा भने २८।४२ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ र बीमालेख धितोमा २० अर्ब ८० करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक खर्ब १ अर्ब २१ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात ४१८।६९ गुणा बढी रहेको छ । यस अवधिमा इन्स्योरेन्सले ६ लाख ८९ हजार ७४७ वटा बीमालेख जारी गरेर ८ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १० हजार ५० वटा दाबी बापत ३ अर्ब ९८ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४१ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको