Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफको खुद बीमाशुल्क घट्यो, नाफा भने सामान्य बढ्यो

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १५ : १० मा प्रकाशित

प्राइम लाइफको खुद बीमाशुल्क घट्यो, नाफा भने सामान्य बढ्यो

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । उक्त तथ्यांक गत आर्थिक वर्षको तुलनामा ३.४८ प्रतिशतले कम हो ।

गत आ/व कम्पनीले २ अर्ब ३२ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९८ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब ४८ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरी १० करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने ०.२५ प्रतिशतले बढेर १७ करोड ४७ लाख रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब १४ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा २० अर्ब ७६ करोड ५५ लाख रुपैयाँ र महावित्ती कोषमा १९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको