Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआइसी इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १७ : ११ मा प्रकाशित

सानिमा जिआइसी इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । ‘सानिमा जिआइसी इन्स्योरेन्स’ कम्पनीको प्रधान कार्यालय टंगाल मार्ग, काठमाडौंमा अवस्थित छ ।

कम्पनीले आफ्नै जग्गामा प्रधान कार्यालय सञ्चालन गर्नका लागि जग्गा खरिद गर्न खोजी सुरु गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गा खरिद गर्न आवश्यक रहेको बताउँदै बिक्री गर्न इच्छुक जग्गाधनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको नक्साल, टंगाल, कमलादी, बालुवाटार, ज्ञानेश्वर, पुतलीसडक, नयाँ बानेश्वर, त्रिपुरेश्वर तथा महाराजगंज र ललितपुर महानगरपालिकाको पुल्चोक तथा कुपण्डोल क्षेत्र भित्र मूल सडकबाट ३०.३० मिटर भित्र कम्तिमा २० फिटको सहायक मार्गसँग जोडिएको करिब २ रोपनी जग्गा हुनुपर्ने कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको