Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ०६ : ५५ मा प्रकाशित

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउछन् सेयर ?

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज फागुन ५ गते, शुक्रबार बाँडफाँड हुने भएको हो। आइपीओ बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा शुक्रबार बिहान १० बजे हुने छ ।

सिडीएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम सम्ममा १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको