Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपीओ जारी गरेको सुपरमाई हाइड्रोको बिद्युत बिक्रि आम्दानी १३ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०७ : ५८ मा प्रकाशित

हालै आईपीओ जारी गरेको सुपरमाई हाइड्रोको बिद्युत बिक्रि आम्दानी १३ करोड, अन्य अवस्था कस्तो ?

हालै आईपीओ जारी गरेको सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ५ करोड १ लाख ८४ हजार रुपैयाँ नाफामा छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ७ करोड ५० लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९३ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ८६ लाख ६६ हजार रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो । 
 
हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ११३.२५ रुपैयाँ रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा ४१ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको