Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम सेयर बेच्ने मुडमा लगानीकर्ता, बजार ओरालोतिर धकेलिदै

विहीबार, २२ भदौ २०७४, १५ : ३७ मा प्रकाशित

धमाधम सेयर बेच्ने मुडमा लगानीकर्ता, बजार ओरालोतिर धकेलिदै

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ११.९५ अंकले घटेको छ ।

जम्मा १ सय ५७ वटा कम्पनीको १२ लाख ८५ हजार ८ सय ५ कित्ता सेयर खरिद विक्री हँदा ७३ करोड ४९ लाख ५४ हजार ९ सय ३६ रुपैयाँको कारोबार भएको छ । यसरी बजार दिन प्रतिदिन ओरालो लाग्दै जाँदा लगानीकर्ता केही निरास देखीएका छन् ।

अहिलेको बजार घट्नु भनेको सेयर बजारमा सेयरको बिक्री चाप नै मुख्य होे । विगतमा कम्पनीहरूले दिएका हकप्रद र बोनसका कारण सेयरको संख्यामा धेरै वृद्धि भइसकेको छ । 

सानादेखि ठूलासम्म लगानीकर्ता हकप्रद भर्दा–भर्दा दिक्क भइसकेका छन् । यसरी हकप्रदको बाढी आउँदै जाने हो भने लगानीकर्तालाई चाडबाड मान्न समेत मुस्किल पर्न सक्ने आकलनले लगानीकर्ताले सेयर बिक्री गरिरहेको देखिन्छ ।

तुलनात्मक रुपमा सेयरको संख्या बढ्ने तर लगानीकर्ताको संख्या नबढ्दा खरिदकर्ताको अभाव भएको देखिन्छ । यसले बिक्रीमा चाप परेको छ ।

यसबाहेक सानादेखि ठूलासम्म लगानीकर्ता हकप्रद भर्दा–भर्दा दिक्क भइसकेका छन् । यसरी हकप्रदको बाढी आउँदै जाने हो भने लगानीकर्तालाई चाडबाड मान्न समेत मुस्किल पर्न सक्ने आकलनले लगानीकर्ताले सेयर बिक्री गरिरहेको देखिन्छ । यसबाट पनि सेयर बजार ओरालो लाग्न सहयोग पुगेको देखिन्छ ।

 नेप्सेलाई उत्पादनमूलक बाहेक वाणिज्य बैंक, बिमा, विकास लगायत कुनै पनि समूहले साथ दिएका छैनन् ।

वाणिज्य बैंक समूहका लगानीकर्ताहरू अहिले आफूले हकप्रद सेयरमा गरेको लगानीलाई सुरक्षित गर्न लागेका देखिन्छन् । त्यसैले सेयर बजार अझै उकालो लाग्ने देखिन्छ । त्यस बाहेक आउँदै गरेका हकप्रद तथा बोनस सेयरको बाढीले सेयर बजारलाई घटाउने सम्भावना भने अधिक छ ।

अहिले दोस्रो बजारमार्फत सेयर खरिद गरी पाइने प्रतिफलको तुलनामा बैंकिङ ब्याजबाट हुने प्रतिफल निकै राम्रो छ । वाणिज्य बैंकहरूले नै अहिले मुद्दति व्याजदरमा १५ प्रतिसत भन्दा बढी प्रतिफल दिन थालिसकेका छन् ।

अझ विकास बैंक र फाइनान्स कम्पनीले त्यो भन्दा अझ धेरै प्रतिफल दिइरहेका छन् । नेपाली सेयर बजार बैंकिङ व्याजदर र हकप्रदका कारणले भविष्यमा ओरालो लाग्ने सम्भावना छ ।

हुनत केही वाणिज्य बैंकले व्याजदर घटाएको सूचना पनि आउन थालेको छ । तथापी कर्जाको व्याजदर घटेको सूचना नआउन्जेल लगानीकर्ता विश्वस्त छैनन् । यसबाहेक नयाँ बिमा कम्पनीको आगमन र त्यसले बजारमा देखिने चाप पनि यस क्षेत्रको घट्ने कारक बन्न सक्छ ।

आज नेप्से रातो रंङ्गले पोतिएको छ । सवै उपसमूहरु घटेका छन् । दोहारो अंकले घटेको बजारमा बैंक ९.२४ अंक, होटल ११.१५ अंक, विकास बैंक ५.५ अंक, हाइड्रोपावर २३.७४ अंक, फाइनान्स ५.४७ अंक, इन्स्योरेन्स ११४.८६ अंक, उत्पादन २४.१३ अंक र अन्य ४.०५ अंकले घटेको छ ।

यो पनि पढ्नुहोस्

चिलिमेका दुई कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा

रुसबाट आउँदै जलविद्युत्मा ठूलो लगानी

विद्युत् नियम आयोग गठन हुँदै : राजनीति हस्तक्षेप हुने चिन्ता व्याप्त 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको