Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनी विश्लेषण : नाफामा अब्बल छिमेक लघुवित्तमा लगानी कति सुरक्षित ?

निशा हुमाँगाई

आइतबार, ०७ फागुन २०७९, १२ : ५७ मा प्रकाशित

कम्पनी विश्लेषण : नाफामा अब्बल छिमेक लघुवित्तमा लगानी कति सुरक्षित ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लघुवित्त समूह अन्तर्गत सूचिकृत छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तहरूको नाफा हेर्दा छिमेक लघुवित्त नम्बर वानमा देखिएको छ ।

कम्पनीकाे परिचय

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे स्थापना सन् २००१, सेप्टेम्बर (वि.सं. २०५८) मा भएकाे हाे । संस्थाले नेपाल राष्ट्र बैंकबाट सन् २००१, नाेभेम्बरमा लघुवित्त वित्तीय संस्थाकाे इजाजतपत्र प्राप्त गरेकाे थियाे । संस्थाकाे प्रमुख उद्देश्य गरिब र सीमान्तकृत महिला सदस्यहरूको वित्तीय सेवामा पहुँच सुधार गर्ने रहेको छ । 

कम्पनीको स्वामित्व संरचना

कम्पनीकाे स्वामित्व संरचना यस प्रकारकाे छ :

कम्पनीकाे वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म संस्थाको खुद नाफा ११.५६ प्रतिशतले बढेर ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.१३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ६२ लाख ९२ हजार रुपैयाँ पुगेको छ । संस्थाकाे सञ्चालन नाफा १२.०७ प्रतिशतले बढेर ७९ करोड ७८ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।  पुस मसान्तसम्ममा संस्थाको वितरणयोग्य नाफा ४३ करोड ३७ लाख ४४ हजार रुपैयाँ रहेको छ । संस्थाकाे चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहँदा जगेडा कोषमा २ अर्ब २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९६ पैसाले बढेर ४७ रुपैयाँ ८५ पैसा पुगेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा रहेकाे छ । 

सेयर बजारमा छिमेक लघुवित्तको स्थान

सेयर बजारमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २ कराेड ३२ लाख ४१ हजार कित्ता सेयर सूचिकृत छ । हाल (फागुन ४ गते, बिहीबारका अनुसार) नेप्सेमा यस कम्पनीको सेयरमूल्य एक हजार एक सय ७७ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ३ सय १४ रूपैयाँ र न्युनतम ८ सय ८२ रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य एक हजार ७० रूपैयाँ ३८ पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल बढेको छ । 

कम्पनीकाे लाभांश इतिहास

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई राम्राे लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । कम्पनीको विगत १२ वर्षको लाभांश इतिहास हेर्दा यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले आकर्षक मुनाफा हासिल गरेको देखिन्छ । संस्थाको सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर १७ लाख रूपैयाँ भन्दा माथी पुगेको छ । संस्थाको १०० कित्ता सेयर हुने लगानीकर्ताको सेयर संख्या बोनसबाट बढेर ९ सय ६६ कित्ता पुगेको हो । नगद लाभांशबाट पनि संस्थाका सेयरधनीहरूले राम्रै आम्दानी गरिसकेका छन् ।

संस्थाले धेरैमा ५२.७ प्रतिशतसम्म र थोरैमा २५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा ५२.७ प्रतिशत लाभांश (४० प्रतिशत बाेनस र १२.७ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा २५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । 

यस्तो छ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष बैंकले बोनस दिएको थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १७.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३३.२३ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद गरि कूल ५२.७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद गरि कूल ५२.७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १९.८९ प्रतिशत बोनस र २५.११ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २७.११ प्रतिशत बोनस र १७.२१ प्रतिशत नगद गरि कूल ४४.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरि कूल २९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस र ३.२६ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा चाेलराज शर्मा जाेशी रहेका छन् । त्यसैगरी, कम्पनीकाे अध्यक्षमा राम चन्द्र जाेशी छन् । कम्पनीकाे स्वतन्त्र सञ्चालकमा सुसीला श्रेष्ठ रहेकी छिन् । सर्वसाधारण सेयरधनीकाे नेतृत्व गर्ने गरी संस्थाकाे सञ्चालकमा ॠसी राज जाेशी, नबिल बैंककाे तर्फबाट मनाेज कुमार यादभ, हिमालयन बैंककाे तर्फबाट अनुप मास्के, सर्वसाधारण सेयरधनीकाे नै नेतृत्व गर्ने गरी सञ्चालकमा कर्न बहादुर घले र प्रकाश राज विष्ट रहेका छन् ।

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हेर्दा औषतमा कम्पनीले सेयरधीहरूलाई राम्राे प्रतिफल दिएकाे हुनाले लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् ।  हाल कम्पनीले नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि आकर्षक छन् । कम्पनीकाे पीई रेसियाे पनि २४.६० गुणा रहेकाे छ ।

हामीले लगानी गर्दा एउटा पक्षकाे आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको