Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको वित्तीय विवरण : नाफा १ अर्ब नाघ्याे, ईपीएस भने घट्यो

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १३ : ०२ मा प्रकाशित

छिमेक लघुवित्तको वित्तीय विवरण : नाफा १ अर्ब नाघ्याे, ईपीएस भने घट्यो

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले धेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १४.३२ प्रतिशतले बढेर २ अर्ब ८५ करोड ३४ लाख ८० हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २ अर्ब ४९ करोड ६० लाख ९३ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा ५.७१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १८ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष संस्थाले १ अर्ब ४५ कराेड ८६ लाख २३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य नाफा

संस्थाकाे वितरणयोग्य नाफा ४१.१४ प्रतिशतले बढेर ८३ करोड ८ लाख रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा २ अर्ब ४२ करोड ९४ लाख २ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ९७ पैसाले घटेर ३७ रुपैयाँ ४५ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको