Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ०६ : ३१ मा प्रकाशित

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेकाे २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २५ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे फागुन ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एक्काइसाैँ वार्षिक साधारण सभा चैत्र १० गते, शुक्रबार, हेटाैँडा-४ मकवानपुरस्थित हाेटल सामनामा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको