Like us!
Follow us!
Connect us!
Watch us!
सिंहदरबार डटकमले नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नो अलग पहिचान स्थापित गर्ने भगिरथ प्रयास गरिरहेको छ

सिंहदरबार डटकम तेस्रो वर्षमा प्रवेश

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १६ : ५४ मा प्रकाशित

सिंहदरबार डटकम तेस्रो वर्षमा प्रवेश

आर्थिक विद्यालाई केन्द्रमा राखेर कलम चलाउने सिंहदरबार डटकम तेस्रो बर्षमा प्रवेश गरेको छ । ‘आलोचनात्मक चेतसहितको सकारात्मक आर्थिक पत्रकारिता’को यात्रालाई दुई बर्ष पार गरेर सिंहदरबार डट कम तेस्रो बर्षमा प्रवेश गरेको हो। मुलुकको अर्थ– राजनीतिलाई नियाल्ने उसको दृष्टिकोणले समाजमा विस्तारै मान्यता पाउँदै गएको छ ।

सिंहदरबार डट कमले सत्यलाई तथ्यको तराजुमा जोख्छौ सबै घटनालाई सापेक्षतामा बिश्लेषण गरिरहेको छ । लगानी, नाफा, पुँजीको सञ्चिती र पुनः लगानीको मान्यतामा समेत उक्त अनलाईन पोर्टल दृढ रहेको छ ।

राजनीतिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित जिम्मेवार राज्य मार्फत सम्पतिको पुनर्वितरण अनि तल्लो वर्गको उत्थान पनि राष्ट्रिय कार्यभार हुनुपर्छ भन्दै उक्त पोर्टल अग्रसर छ । धन कमाउनु अपराध होईन तर जसरी पनि धन कमाउन खोज्नेहरुलाई निरुत्साहित पार्ने कर्तव्यका साथ पार्टल अगाडी बढेको छ ।

वि.सं. २०७७ फागुन ७ गतेबाट सञ्चालनमा आएको सिंहदरबार डटकमले नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नो अलग पहिचान स्थापित गर्ने भगिरथ प्रयास गरिरहेको छ । दोस्रो वार्षिकोत्सवसम्म आइपुग्दा सिंहदरबार विगतको निर्मम समिक्षा, वर्तमानको भरपुर उपयोगद्वारा सुनौलो भविष्य कोर्ने अभियानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको