Like us!
Follow us!
Connect us!
Watch us!

१५ कम्पनीको आइपिओ पाइपलाइनमा, हेर्नुहोस, कुन कम्पनीको कति कित्ता ?

शनिबार, २४ भदौ २०७४, ०८ : ३० मा प्रकाशित

१५ कम्पनीको आइपिओ पाइपलाइनमा, हेर्नुहोस, कुन कम्पनीको कति कित्ता  ?

अर्थ संसार, काठमाडौं– सेयर बजारमा १५ वटा जलविद्युत कम्पनीको सधारण सेयर (आईपिओ) आउने भएको छ ।

बजारमा युनियन हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, राधी विद्युत कमपनी लिमिटेड, सिइडिबी हाइड्रोपावर फण्ड लिमिटेड, आँखु खोला जलविद्युत कम्पनी, गर्जाङ  उपत्यका हाइड्रोपावर लिमिडेट ,  जोशी हाइड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, सन्जिन जलविद्युत लिमिटेट, लगिङ बुद्ध पावर नेपाल लिमिटेड, कालिका पावर लिमिटेड, उन्नती लद्युवित्त वित्तिय संस्था र सामुदायिक लद्युवित्त वित्तिय संस्थाको साधारण सेयर (आइपिओ) आउने भएका हुन् ।

माथिका यी सवै कम्पनीले सधारण सेयर निष्काशनको लागि नियामन निकाय धितोपत्र बोर्ड (सेवन) मा आवेदन दिएका छन् । साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरु यस प्रकारको छ ।

युनियन हाइड्रोपावर लिमिटेड

युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर (आईपिओ) निष्काशनको लागि साउन २९ गते धितोपत्र बार्डमा आवेदन दिएको छ । लिमिटेडले ६ लाख ३३ हजार ७ सय ४५ कित्ता सधारण सेयर निष्काशनको लागि आवेदन दिएको हो ।

सेयर विक्रीको लागि लिमिटेडले लक्ष्मी क्यापिटल मार्केटलाई विक्री तथा प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिएपछि लिमिटेडको साधारणसभाले आईपिओ निष्काशनको मिति तय गर्ने छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले पनि साधारण सेयर (आइपिओ) निष्काशन गर्नको लागि धितो बोर्डबाट अनुमति पाएको छ ।

लिमिटेडले १ सय अंकित  मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

आइपिओ निष्काशनको लागि यस संस्थाले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

सामुदायिक लद्युवित्तिय संस्था  लिमिटेड

यस संस्थाले १ सय अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर साधारण सेयर  निष्काशन गर्न नियामन निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सेयर निष्काशनको लागि सामुदायिक लद्युवित्तिय संस्थाले एनएमबी क्यापिटल र  नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडलाई बिक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।

उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

यस  माइक्रोफाइनान्स वित्तिय संस्थाले एक करोड ६५ लाख रुपैयाँ  बराबरको एक लाख ६५ हजार कित्ता सधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस माइक्रोफाइनान्सको आर्थिक वर्ष २०७३र७४ को चौथो त्रैमासमा एक करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
सान्जेन जलविद्युत कम्पनी

सान्जेन जलविद्युत कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर (आइपिओे) आउने भएको छ ।

कम्पनीले साधारण सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्काशनको लागि कम्पनीले बैंशाख १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

यस कम्पनी लिमिटेडले  १ करोड ६४ लाख २१ हजार ४० कित्ता सर्वसाधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

निष्काशन सेयर विक्रीको लागि सिद्धार्थ क्यापिटल, एनआइविएल क्यापिटल, मार्केट, ग्लोबल आइएमई, क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयवासीको लागि ११ लाख कित्ता सर्वसधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

यस लिमिटेडले वैशाख २६ गते धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएको छ । सेयर निष्काशनको लागि पञ्चकन्याले नबिल इन्भेष्टमेन्ट बैकिङ र  एनसिएम मर्चेन्ट बैकिङलाई विक्री प्रबन्धकमा जिम्मेवारी दिएको छ ।

राधी विद्युत कम्पनी लिमिटेड

यस लिमिटेडले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैशाख वैशाख २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको यस कम्पनीले सेयर निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेटमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।

सिइडिबी हाइड्रोपावर फण्ड लिमिटेड

यस हाइड्रोपावरले २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशनको लागि सनराईज क्यापिटल लिमिटेडलाई विक्री पन्धन्कलाई जिम्मेवारी  दिएको छ । यसले साधारण सेयर निष्काशनको लागि २०७३ असार २७ गते सेवनमा आवेदन दिएको थियो ।

आँखु खोला जलविद्युत कम्पनी

यस आँखु खोला जलविद्युत कम्पनीले स्थानीयवासीको लागि ८ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केटलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । ०७३ जेठ ३१ गते सेयर निष्काशनको लागि धितोपत्र बोर्डले आवेदन दिएको छ ।


गर्जाङ उपत्यका हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड

यस हाइड्रोपावरले स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

सेयर निष्काशन विक्री प्रबन्धकमा एनआइविएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि लिमिटेडले ०७३ असोज १४ गते आवेन दिएको थियो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

यस कम्पनीले स्थानीयवासीको लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधाराण् सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । यस लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशनको लागि ०७३ पुष १२ गते धितोपत्र बोर्डमा ओवदन दिएको छ ।

माथि उल्लेखित कम्पनीको सधारण सेयर (आइपिओ) नियामन निकाय धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको