Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : दुई अर्ब बढीको कारोबार, इन्भेस्टमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्स अग्रस्थानमा

शनिबार, २४ भदौ २०७४, १६ : ०० मा प्रकाशित

साताको सेयर बजार :  दुई अर्ब बढीको कारोबार, इन्भेस्टमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्स अग्रस्थानमा

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ४१ करोड २१ लाख ७९ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १७१ कम्पनीको ४४ लाख ९९ हजार ८१० कित्ता सेयर कारोबार भएको थियो ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव २४ प्रतिशत कम हो । गत साता १८० कम्पनीको रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव शुन्य एक अंकले घटेर अन्तिम दिन एक हजार ५५४ दशमलव ५५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ५२ अंकले बढेर ३२६ दशमलव ०१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख २० हजारको कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको एक लाख ७५ हजार कित्ता सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको