Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको साधारणसभा आज, मर्जर सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ०६ : ३६ मा प्रकाशित

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको साधारणसभा आज, मर्जर सहित यी प्रस्ताव पारित हुने

मर्जर सहित अन्य प्रस्ताव पारितका लागि आज फागुन ११ गते बिहिबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्सको साधारणसभा बस्दैछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १८ औँ साधारणसभा अमृतभोग क्याटरिङ् डिल्लीबजार काठमांडौमा बिहान १० बजेबाट सुरू हुनेछ भने सगरमाथा इन्स्योरेन्सको २६ औँ साधारणसभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

सभाले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने छ । त्यस्तै सभाले लुम्बिनी जनरल इन्स्योरेन्सको गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको ६.९९ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश र सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

दुईवटै कम्पनीको सभाले हाल कायम भएको संस्थापक सेयरमध्यको २० प्रतिशत सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीहरुलेले साधारणसभा प्रयोजनार्थ माघ २७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो यसर्थ माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको