Like us!
Follow us!
Connect us!
Watch us!
३५ अंकले घटेको बजारमा ९२ करोडको कारोबार

नेप्से रातो रंगले पोतियो

आइतबार, २५ भदौ २०७४, १५ : ३३ मा प्रकाशित

नेप्से रातो रंगले पोतियो

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) रातो रंगले पोतिएको छ ।रातो रंगले पोतिएर नेप्सेका सवै उपसमूहरु राताम्मै भएका छन् ।

३४.८९ अंकले घटेको बजारमा ९२ करोड ४२ लाख ३४ हजार २३ रुपैयाँको कारोबार भएको छ । १ सय ५८ वटा कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिदबिक्री भएको छ । १५५५ अंकबाट सुरु भएको नेप्से इन्डेक्स १५१९ अंकमा झरी कारोबार बन्द भएको छ ।  

ह्वात्तै घटेको बजारमा यस दिन बैंक २८.६६ अंक, होटल ५१.३४ अंक, विकास बैंक ५१.३४ अंक, हाइड्रोपावर ४०.४८ अंक, फाइनान्स १३.०५ अंक, इन्स्योरेन्स २९६.७१ अंक, उत्पादन २४.२४ अंक र अन्य२.८९ अंकले घटेको छ । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

59b50ceedc3e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको