Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

सोमबार, २६ भदौ २०७४, १५ : ३७ मा प्रकाशित

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम  घट्यो

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज झिनो अंकले बढेको छ । तर, नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।

आइतबार ३५ अंकले घटेको बजारमा ९२ करोडको कारोबार भएको थियो ।  आज नेप्से ३.६ अंकले बढ्दा ८४ करोड १३ लाख ३४ हजार ३ सय ८९ रुपैयाँको कारोबार भएको छ ।

१ सय ६० वटा कम्पनीको १७ लाख १७ हजार १ सय ३९ कित्ता सेयर खरिद विक्री भएको छ । 

यस दिन होटल ३५.५६ अंक, विकास बैंक ११.०८ अंक, हाइड्रोपावर ६.३८ अंक, इन्स्योरेन्स ८१.२५ अंक र उत्पादान ३०.६९ अंकले बढेको छ ।

यता बैंक १.३९ अंक, फाइनान्स ०.६४ अंक र अन्य १.१६ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59b65e4698ff6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको