Like us!
Follow us!
Connect us!
Watch us!

निगमको जग्गा खरिदमा चरम अनियमितता : चार गुणा भन्दा बढी मूल्य तिरिएको ठहर

सोमबार, २६ भदौ २०७४, १६ : ०७ मा प्रकाशित

निगमको जग्गा खरिदमा चरम अनियमितता : चार गुणा भन्दा बढी मूल्य तिरिएको ठहर

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गरेको छ ।

संसदीय समितिको आजको बैठकले जग्गा खरिद प्रक्रियामा चरम अनियमितता भएको र चार गुणा भन्दा बढी मूल्य तिरिएको समेत ठहर गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति समितिको सोमबार बसेको बैठले अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दे जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको हो ।

सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरिएको छ ।

बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको