Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ग्रामिण  विकास बैंकको १ सय मूल्यमा एफपिओ किन्ने अवसर, बजारमा आजदेखि खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

मंगलबार, २७ भदौ २०७४, ०७ : १५ मा प्रकाशित

नेपाल ग्रामिण  विकास बैंकको १ सय मूल्यमा एफपिओ किन्ने अवसर, बजारमा आजदेखि खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं– साधारण सेयरको मूल्यमा नेपाल ग्रामिण विकास बैंकले एफपिओ निकाल्ने भएको छ  ।

बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ भदौ  आजदेखि निष्काशन भएको छ ।  यस बैंकको सेयर मूल्य सोमबार ७१३ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ ।

सेयर लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ ।

बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ ।

एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको