Like us!
Follow us!
Connect us!
Watch us!

ठूला लगानीकर्ताको चेपुवामा साना लगानीकर्ता, सेयर बजार घटाउने प्रयासमा ठूला लगानीकर्ता

विहीबार, २९ भदौ २०७४, ०७ : ४८ मा प्रकाशित

ठूला लगानीकर्ताको चेपुवामा साना लगानीकर्ता,  सेयर बजार घटाउने प्रयासमा ठूला लगानीकर्ता

अर्थ संसार, काठमाडौं– पछिल्लो समयमा सेयर बजार परिसूचक निरन्तर ओरालो लागेको छ । सेयर बजारका ठूला लगानीकर्ताले बजार घटाएर खरिद गर्ने अवसर सिर्जना गर्न आपूर्ति वढाउँदा बजार परिसूचकमा उच्च गिरावट आएको जानकारहरू बताउँछन् ।

भदौका अधिकांश दिन सेयर बजार घटेको छ । बैंकहरूले ब्याजदर घटाएको तथा सहज सेयर कर्जाको व्यवस्था गर्दा पनि सेयर बजारमा सुधारको संकेत नदेखिएपछि साना लगानीकर्ताको मनोबल कमजोर भएको छ ।

यही अवसरमा ठूला लगानीकर्ताले सेयर मूल्य घटेर धितोपत्रको आपूर्ति वढाउँदा सेयर बजार उच्च अंकले घटेको हुनसक्ने विश्लेषकहरूको भनाइ छ । सेयर बजार परिसूचक घट्दा पनि कारोबार रकम भनेको बढ्दै गएको छ । परिसूचक घट्दा बजारमा कारोबार रकम बढ्नु भनेको नराम्रो संकेत हो । घटेको सेयर बजारमा लगानीकर्ता हतारमा विक्री गर्न खोजेको हुनाले कारोबार रकम बढ्ने हो ।

पछिल्लो समयमा ठूला लगानीकर्ता सेयर बजार घटाउन लागेको सिएफए हेमन्त बस्यालले बताए । आगामी दिनमा सेयर बजार बढ्नुको विकल्प नभए पनि बजारमा अवसर सिर्जनाका लागि ठूला लगानीकर्ता बजार घटाउन सक्रिय भएको उनको भनाइ छ ।

“आगामी दिनमा अनलाइन कारोबार प्रणाली तथा घट्दो ब्याजदरमा सहज कर्जा उपलब्ध हुने हुँदा बजार बढ्छ,” उनले भने, “बजार घटाएर खरिद गर्ने योजनासहित ठूला लगानीकर्ता लागेका छन् ।”

आउँदा दिनमा वित्तीय क्षेत्रको समस्या पनि समाधान हुने तथा बजारका लागि आधुनिक पूर्वाधार सञ्चालनमा आउने भएकाले बजार बढ्ने निश्चित भएको उनी बताउँछन् । बैंकहरूले नयाँ ग्राहकलाई कर्जा ब्याजदर घटाएको भएपनि पुरानालाई ऋणको नघटेको हुनाले पनि सेयर बजार घटेको उनको भनाइ छ । हाल सेयर मूल्य घटाएर विक्री गरेको सेयर झन घटेको अवस्थामा खरिद गर्ने योजनासहित ठूला लगानीकर्ता सेयर बिक्री गर्न थालेको उनको तर्क छ ।  

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिका कारण सेयरको आपूर्ति करिब ४ गुणाले वढेको छ । आपूर्ति बढेको बजारमा ठूला लगानीकर्ता बजार घट्ने हल्ला चलाएर सेयर बजार नकारात्मक भएको हो । भदौमा मात्र सेयर बजार १ सय ३९ अंकले घटेको छ ।

भदौको महिनाको पहिलो दिन कारोबार सुरु हुँदा १६३२।६६ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक १३९।४६ अंकले घटेर बुधबार १४९३।२० अंकमा झरेको छ । आइतबार मात्र करिब ३५ अंकले घटेको नेप्से परिसूचक सोमबार ३।६० अंकले बढेको थियो ।

तर, सोमबार बजार सकरात्मक देखिए पनि त्यो क्रम मंगलबारसम्ममा कायम रहन सकेन । मंगलबार मात्र नेप्से परिसूचक २१।०६ अंकले घट्यो । त्यससँगै बुधबार पनि सेयर बजार परिसूचक ९ अंकले घटेको छ ।   

तर, सेयर किनेपछि धितोपत्र बजार बढिरहनुपर्छ भन्ने सोच नै गलत भएको हाथवे इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल बताउँछन् । “सेयर बजारका लागि आवश्यक पूर्वाधार तयार गर्ने सम्बनधमा बजेटले समेत सम्बोधन गरेका काम हुन नसक्दा बजार घटेको हो,” उनी भन्छन्, “अनलाइन कारोबार प्रणाली, गैरआवासीय नेपाललीलाई बजारमा लगानी गर्ने वातावरणलगायतका व्यवस्था गर्ने भनिए पनि लागू हुन नसक्दा लगानीकर्ताको मनोबल कमजोर भएको हो ।”

अहिले बजार घट्दो क्रममा देखिए पनि बजारका आवश्यक पूर्वाधार निर्माण भएमा भने बढ्ने उनको तर्क छ । यस्तै, कोहिनुर इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक भरत रानाभाट भन्छन्, “ठूला लगानीकर्ताले सेयर मूल्य घटाएर विक्री चाप बढाएका हुन् त्यसैले बजार फर्कने कहिले भन्ने निश्चित हँुदैन ।”

उनले घटाएर बेच्न खोजेको भए पनि बजारको उताचढावसँगको जोखिम ठूला लगानीकर्ताले लिएको बताए । सेयर बजारमा घट्दो मूल्यमा मोलमोलाई गरेर सेयर किन्ने लगानीकर्ता भएपनि विक्री चाप धेरै देखिन्छ । सेयर बजारमा वढेको बिक्री चापसँगै २० खर्बको बजार पुँजीकरण पनि घटेर साढे १७ खर्बमा झरेको छ । कारोबाट
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको