Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड : १० कित्ता सबैलाई

विहीबार, २९ भदौ २०७४, १६ : ३७ मा प्रकाशित

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड : १० कित्ता सबैलाई

अर्थ संसार, काठमाडौं–  आज (बिहीबार) पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ ।  सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर परेको छ ।

२० कित्ताका लागि आवेदन दिने पनि सबैले २० कित्ता नै सेयर पाएका छन् । यसैगरी, ३० कित्ता भन्दा बढी आवेदन दिएका २१ हजार ६०९ जना आवेदकमध्ये गोलाप्रथाबाट १९ हजार ९७० जनालाई ३० कित्ता नै सेयर परेको छ । २ जना लगानीकर्ताले भने २१ कित्ता सेयर पाएका छन् ।

बाँकी भएको २ कित्ता १–१ कित्ताका दरले थपेर दिंदा २ जनको भागमा २१ कित्ता सेयर परेको हो । कम्पनीले साउन २९ देखि भदौ १ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम भाउ थप गरी प्रतिकित्ता २२० रुपैयाका दरले ९ लाख ८३ हजार ६८१ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

 एफपीओमा ४६ हजार ६८३ जनाको आवेदन स्वीकृत भएको हो । यसमा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो । कम्पनीले न्यूनतम १० देखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ छ । एफपीओ बाँडफाँटपछि भने चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुग्नेछ ।

फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको