Like us!
Follow us!
Connect us!
Watch us!

जेबिल्स फाइनान्सको सेयर बजारमा, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, ०१ असोज २०७४, ११ : १४ मा प्रकाशित

जेबिल्स फाइनान्सको सेयर बजारमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  आजदेखि जेबिल्स फाइनान्स लिमिटेडले (१ः१) एक बराबर एकको अनुपातमा  हकप्रद सेयर आजदेखि निष्काशन भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा चुक्ता २८ करोड ८९ लाख ५६ हजार २५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५ सय ६२ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर बिक्रीको लागि फाइनान्सले बिक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेड  नियुक्ति गरेको छ ।  भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले असोज १ गतेदेखि कार्तिक ५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

यहाँबाट आवेदन दिनुहोस्

यस फाइनान्सको हकप्रद सेयर  सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोडबाट आवेदन दिन सकिने छ । त्यस्तै उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु पोखरा, विराटनगर,बुटवल ,  वीरगञ्ज र नारायणगढबाट पनि आवेदन दिनसकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको