Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको आईपीओ सूचिकृत, कुनले कति पायो ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १२ : ४७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको आईपीओ सूचिकृत, कुनले कति पायो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । आज एशियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर (आईपीओ) सूचिकृत भएको हो ।

स्टकका अनुसार एशियन हाइड्रोपावर लिमिटेडकाे ३४ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले हाइड्रोपावरको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ६० पैसादेखि अधिकतम २ सय ९८ रूपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

त्यस्तै स्टकका अनुसार कालिञ्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कालिञ्चोक दर्शन लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसा देखि अधिकतम २ सय ३४ रूपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको