Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १२ : १४ मा प्रकाशित

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको पहिलो कारोबार आज (बिहीबार) देखि सुरू भएको छ। दुवै कम्पनीको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो। स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्ज यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। 

पहिलो कारोबारका लागि भने नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा २३४.४५ रुपैयाँ तथा एसियन हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतममा ९९.६० रुपैयाँ र अधिकतममा २९८.८० रुपैयाँ तोकेको थियो। स्पेसल प्रिओपसन सेसनमा कालिञ्चोक दर्शनको प्रतिकित्ता १३४.४० रुपैयाँ र २९८.८० रुपैयाँमा कारोबार भएको छ। 

नेप्सेमा कालिञ्चोक दर्शनको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४८ लाख कित्ता, स्थानीयको १ लाख २० हजार कित्ता र सर्वसाधारणको १० लाख ८० हजार कित्ता छन्।  नेप्सेले कालिञ्चोक दर्शनलाई ‘केडीएल’ कारोबार संकेत प्रदान गरेको छ। 

यसैगरी नेप्सेमा एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २२ लाख २० हजार कित्ता, स्थानीयको ३ लाख ४० हजार कित्ता र सर्वसाधारणको ८ लाख ४० हजार कित्ता छन्। नेप्सेले एसियन हाइड्रोपावरलाई ‘एएचएल’ कारोबार संकेत प्रदान गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको