Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ०७ : ४६ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको ७ औँ बार्षिक साधारणसभा चैत्र ३० गते बनेपा पार्टी भेन्यु बनेपा काभ्रेपलान्चोकमा ११ बजेदेखि सुरु हुनेछ ।

्सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने छैन ।

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको