Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तको नाफा ७ करोड ३ लाख, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०६ : २१ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तको नाफा ७ करोड ३ लाख, अन्य अवस्था कस्तो ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ३ लाख ४२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.१५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड ६५ लाख ५९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ११.३५ प्रतिशतले घटेर ३४ करोड ६ लाख २५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३० करोड ५९ लाख ८ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि २६.७८ प्रतिशतले घटेर ८ करोड ९५ लाख ८९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १२ करोड २३ लाख ६० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड १३ लाख ७७ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ६८.२८ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको