Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा ग्रोथ फण्डको न्याभ घट्यो,  एन आई सी एशियाको सेयरमा २५,५०० कित्ता लगानी

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ०८ : ४४ मा प्रकाशित

सानिमा ग्रोथ फण्डको न्याभ घट्यो,  एन आई सी एशियाको सेयरमा २५,५०० कित्ता लगानी

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहको सानिमा ग्रोथ फण्डले २०७९ साल फाल्गुण  मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फाल्गुण मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८७ पैसामा झरेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा १२ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ९९ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि ११  करोड ३२ लाख ४५ हजार रुपैयाँ गरेको छ । फण्डको २६ सुचिकृत कम्पनीमा लगानी देखिएको छ। 

फण्डले वाणिज्य बैंक समूहका एभरेष्ट बैंक लिमा २५ हजार कित्ता, कुमारी बैंक लिको २० हजार कित्ता, लक्ष्मी बैंक लिको १८,३७६ कित्ता, माछापुच्छे बैंक लिको २३ हजार कित्ता ,नेपाल बैंक लिको १७ हजार कित्ता र एन आई सी एशिया बैंक लिको सेयरमा २५,५०० लगानी गरेको छ। 

तेस्तै फण्ड  विकास बैंक समूहको गरिमा विकास बैंक लि र शाइन रेसुजा डेभलपमेण्ट बैंक लि, लघुवित्त समूहका फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.,निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.
,आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. ,श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिका सेयरमा पनि लगानी गरेको छ। 

तेस्तै निर्जीवन बीमा कम्पनी समूहका नेको इन्सुरेन्स लि र एनएलजी इन्स्योरेन्स कम्पनी लि र  जलविद्युत कम्पनी समूहका बाराही हाइड्रोपावर पब्लिक लि.,बिन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लि.सानिमा माई हाइड्रोपावर लि. शुभम पावर सुपर मादी हाईड्रोपावर लि. सिनर्जी पावर डेभलपमेन्ट लिमा लगानी गरेको छ। 

तेस्तै सामूहिक लगानी कोष समूहका एनबिएल ग्रोथ फण्ड, उत्पादन तथा प्रसोधन समूहका शिवम् सिमेन्टस् लि. र अन्य समूहका नेपाल दूरसञ्चार कम्पनी लि र लगानी समूहका हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. (संस्थापक) मा पनि फण्डले लगानी गरेको देखिएको छ। 

फण्डले सार्वजनिक गरेकाे फाल्गुण मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

641fbae891f7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको