मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (मंगलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा मिटरब्याज पीडितहरुको समस्या समाधानका बारेमा निर्णय लिने तयारी रहेको बताइएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका सचिवालयअनुसार मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्ड स्वयम्ले भेट्ने तयारी भइरहेको छ । सरकारले उनीहरुको माग बुझ्नका लागि चार सदस्यीय समिति बनाएको छ । चार सदस्यीय समितिले मिटरब्याज पीडितलाई भेटेर उनीहरुको माग बुझेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय निर्धारण हुने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस