नेपालका वाणिज्य बैंकहरूले कर्मचारी तलब, सुविधा तथा कर्मचारी व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को चैतसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी कर्मचारी खर्च गर्ने बैंक बनेको छ। सीमित शाखा सञ्चालन गर्दै डिजिटल सेवामा बढी केन्द्रित बैंकहरूमा कर्मचारी खर्च तुलनात्मक रूपमा कम रहेको छ। शाखा सञ्चालन, सेवा केन्द्र व्यवस्थापन, कर्जा अनुगमन तथा ग्राहक सेवाका लागि ठूलो कर्मचारी संरचना आवश्यक हुँदा बैंकहरूको खर्च बढ्दै गएको हो।
कुन बैंकले कति गरे खर्च ?
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी खर्चमा ३ अर्ब ७१ करोड ४५ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ। दोस्रो स्थानमा नबिल बैंक छ । यसले ३ अर्ब २० करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ। चौथो स्थानमा नेपाल बैंक छ। यसको कर्मचारी खर्च ३ अर्ब ४ करोड ३७ लाख रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंक ३ अर्ब ३ करोड ७४ लाख ९० हजार रुपैयाँसहित पाँचौँ स्थानमा छ।
कुमारी बैंकले २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ र कृषि विकास बैंकले २ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ खर्च गरेको देखिन्छ। प्रभु बैंकले २ अर्ब ६८ करोड ८१ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै, हिमालयन बैंकले २ अर्ब ४७ करोड ७६ लाख ३० हजार, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ४० करोड ६० लाख ७० हजार रुपैयाँ कर्मचारीमा खर्च गरेका छन्। मध्यम समूहमा एनआईसी एशिया बैंकको खर्च २ अर्ब २५ करोड ६ लाख, सिद्धार्थ बैंकको २ अर्ब १९ करोड ४२ लाख ४० हजार, एनएमबी बैंकको १ अर्ब ८९ करोड ३८ लाख र माछापुच्छ्रे बैंकको १ अर्ब ७६ करोड ८२ लाख ६० हजार रुपैयाँ छ।त्यसैगरी एभरेष्ट बैंकले १ अर्ब ६० करोड ६८ हजार, सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ५६ करोड ७९ लाख ५० हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब ३० करोड ८१ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्।
कम खर्च गर्ने बैंकहरूमा सानिमा बैंकले १ अर्ब २८ करोड ६५ लाख ४० हजार, नेपाल एसबीआई बैंकले १ अर्ब २५ करोड ९७ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७७ करोड ६९ लाख २० हजार रुपैयाँ कर्मचारी खर्च गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस