Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोको आइपिओ आउँदै, असोज २४ गते बोलाइयो साधारणसभा

मंगलबार, ०३ असोज २०७४, ११ : २६ मा प्रकाशित

सयपत्री हाइड्रोको आइपिओ आउँदै, असोज २४ गते बोलाइयो साधारणसभा

अर्थ संसार, काठमाडौँ– बाग्लुङमा आयोजना स्थल रहेको दरमखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।

साधारण सेयर जारी गर्ने प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ ।कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको छ ।

आईपीओ निष्कासनको निर्णय गर्न कम्पनीले असोज २४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने कम्पनीले जानकारी दिएको छैन ।

छुटाउनु भयो की ?

चीनतर्फ थप ९ नाका खोलिदै, बुधबारदेखि काठमाडौँमा वार्ता

व्यापारिक पूँजीवादको विकल्प औद्यौगिक पूँजीवाद : समाजवादको आधार 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको