Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १० : २४ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ।  बैंकले यहि चैत २१ गते संस्थापक सेयर लिलामी प्रक्रियामार्फत् ९ लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो । 

उक्त सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघ– संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। तसर्थ आवेदन दिन न्यूनतम मूल्य वा सो भन्दा बढी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ। 

इच्छुक लगानीकर्ताले यही चैत २९ गतेसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित् कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको