Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणामा त्रृटि हुन थालेपछि नेप्सेको कडा निर्देशन

बुधबार, ०४ असोज २०७४, ०० : ०० मा प्रकाशित

लाभांश घोषणामा त्रृटि हुन थालेपछि नेप्सेको कडा निर्देशन

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेन्स नेप्सेले चितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने सूचना स्पष्टरुपमा नेप्सेले दिएको खाकामा प्रवाह गर्न सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेप्सेले सूचिकृत कम्पनीहरुको नाममा सूचना सम्प्रेषण गर्ने नमूनासमेत उपलव्ध गराउँदै निर्देशन जारी गरेको हो । कतिपय कम्पनीहरुले अस्पष्ट र अपूर्ण सूचना दिने गरको र यसबाट सर्वसाधारण लगानीकर्तामा अन्यौल सिर्जना भएको नेप्सेको निष्कर्ष छ ।

धितोपत्र सूचिकरण सम्झौता अनुसार सूचिकरण कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जलाई सम्प्रेषित हुने सूचनामध्ये सेयर दाखिला खारेज (बुक क्लोज) सम्बन्धी सूचना पठाउँदा नेप्सेले तोकेको खाकाबमोजिम पठाउन निर्देशन दिएको छ ।

इन्भेष्टमेन्ट बैंकको टाईप मिस्टेक प्रकरणमा धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको कारोबार रद्द गर्न निर्देशन दिइसकेको छ ।

यो प्रकरणमा नेप्सेको समेत कमजोर भूमिका रहेको उल्लेख गर्दै बोर्डले ७ दिनभित्र नेप्सेलाई स्पष्टीकरण दिन आवेश दिएको थियो ।

बोर्डले दिएको ७ दिनको समयसीमा आज बुधबार (आज) सकिदैछ ।  नेप्सेले सवै सूचिकृत कम्पनीका सिइओ र कम्पनी सचिवलाई यो परिपत्र जारी गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको टाईप मिस्टेक प्रकरणपछि धितोपत्र बोर्डको स्पष्टीकरणमा परेको नेप्सेले सूचिकरण कम्पनीहरुका सिइओ र कम्पनी सचिवहरुलाई यस्तो निर्देशन दिएको हो ।

तर, यसअघि पनि यस्ता धेरै घटना भैसकेको छ । नेप्सेले विदाको दिन विभिन्न सूचना हाल्ने र कम्पनीहरुले पठाएको समयभन्दा निकै ढिलो त्यस्तो सूचना अपलोड गर्ने गरिएको छ । केही वर्षअघि प्रभु फाइनान्सको लाभांशको विषयमा पनि नेप्सेले यस्तै बदमासी गरेको थियो ।

नगद लाभांशलाई बोनस सेयर भनेर आफ्नो वेवसाईटमा अपलोड गरेको सूचना केही घटनापनि मात्र सच्याएको थियो । जबकी कम्पनीले नेप्सेमा नगद लाभांशको जानकारी दिएको थियो । त्यसबेला पनि लगानीकर्ताहरु नेप्सेको गल्ती वा बदमासीका कारण ठगिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको